उपत्यकाका सातै ‘विश्व सम्पदा’लाई युनेस्कोले खतराको सूचीमा राख्दै

उपत्यकाका सातै ‘विश्व सम्पदा’लाई युनेस्कोले खतराको सूचीमा राख्दै

काठमाडौं : संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक था सांस्कृतिक संगठन (युनेस्को)ले विश्व सम्पदा सूचीमा रहेका उपत्यकाका सबै सम्पदालाई ‘खतराको सूची’मा राख्ने प्रस्ताव राखेको छ। जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने युनेस्कोको ४३औँ सेसनमा यो प्रस्तावबारे छलफल हुने छ ।

प्रस्ताव पारित भए विश्व सम्पदामा सूचीकृत काठमाडौं उपत्यकाभित्रका सम्पदाको अन्तर्राष्ट्रिय पहिचान संकटमा पर्ने चिन्ता पुरातत्व विभाग स्रोतले गरेको छ। काठमाडौं उपत्यकामा काठमाडौ–ललितपुर–भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, चाँगुनारायण, बौद्धनाथ र स्वयम्भूनाथ क्षेत्र विश्व सम्पदा सूचीमा छन्।

युनेस्कोले उपत्यकामा भूकम्पले क्षतिग्रस्त पुरातात्त्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलो गरेको, सम्पदा संरक्षण ध्यान दिन नसकेको, पशुपतिनाथ क्षेत्रको बिचबाट बाटो खोलेको, कंक्रिट संरचना बनाएको उल्लेख गर्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो।, याे समाचार आजकाे समाचार कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.