अनामनगरका एक परीक्षार्थीले एसईईमा बाहिरबाट उत्तर लेखेर लगेकाे आशंका

काठमाडौं : गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ।

जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो। भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर केन्द्रबाट परीक्षा दिएका थिए। स्रोतका अनुसार भण्डारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अधिकृत जीवन भण्डारीका छोरा हुन्। बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहँदा उत्तरपुस्तिका साटेको भनी उजुरी परेको थियो।

प्रारम्भिक अध्ययन गर्दा उत्तरपुस्तिका साटेको भन्ने आरोप बलियो देखाएपछि असार १२ गते बोर्डले छानबिन समिति गठन गरेको थियो। उत्तरपुस्तिका साट्नकै लागि शिक्षाकै कर्मचारी संलग्न रहेको बोर्डको आशंका छ।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Scroll to Top