मोरङ खुल्ला दिसामुक्त र साक्षर जिल्ला घोषणा

२२ असार, विराटनगर ।
मोरङ जिल्लालाई खुल्ला दिसामुक्त र साक्षर जिल्ला घोषणा गरिएको छ । संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले खुल्ला दिसामुक्त र साक्षर जिल्ला घोषणा गरेका हुन् ।

मोरङमा २ लाख २ हजार ८ सय २० घरधुरीमध्ये १ लाख ५४ हजार ६ सय १ घरधुरीमा सुरक्षित शौचालय पहुँच पुगेको अर्थात ७६ दशमलब २३ प्रतिशत घरधुरीमा शौचालयको पहुँच पुगेको छ । मोरङ ६६ औं खुल्ला दिसामुक्त जिल्ला हुन सफल भएको छ ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला खानेपानी तथा स्वच्छता अभियान समिति मोरङका सचिवालय सदस्य विनोद शर्माले खुल्ला दिसामुक्त जिल्ला घोषणा गरे पनि बढ्दो सहरीकरण, ग्रामीण क्षेत्रमा हुने गरिबी खुल्ला दिसामुक्त अभियानका बाधक भएको बताए ।

Advertisement

यस्तै मोरङको कुल जनसंख्या ९ लाख ६५ हजार ७ सय ३० मध्ये १५ देखि ६० उमेर समूहको जनसंख्या ५ लाख ५९ हजार २ सय २८ अर्थात ९६ दशमलब ५९ प्रतिशत जनसंख्या साक्षर भएको भन्दै साक्षर घोषणा गरे ।

Advertisement

नेपाल ५१ औं जिल्लाको रुपमा साक्षर घोषणा भएको छ । नेपालमा पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की हो ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top