मारवाडीलाई “माडे” छापेको विरोधमा मारवाडी समाजको आपत्ति

मारवाडीलाई “माडे” छापेको विरोधमा मारवाडी समाजको आपत्ति

२४ असार, विराटनगर ।

सम्पूर्ण मारवाडी समाजको जातीयअपमानगर्ने, होच्याउने, गाली बेईज्जती हुने “माडे” “नकचरो मोरा” जस्ता निन्दनीय अपशब्दहरू र चारित्रिक लांक्षणा लगाइएको विषय पाठ्य पुस्तकमा समावेश भै पठनपाठन भैइरहेको भन्दै त्यस्ता पुस्तक जफत गरी कारवाही गर्न माग गरेका छन् ।

विराटनगरका मारवाडी समाजका संस्थाहरूले पुस्तक जफत गरी कारवाही गर्न प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । उनीहरुले एशिया पब्लिक प्रा. लि. वसुन्धरा, काठमाडौंले कक्षा ७ र ८ का लागि हालै प्रकाशित गरेको पुस्तक ज्भबतिज उजथकष्अब िभमगअबतष्यल को कक्षा ७ को पुस्तक पेज ६८ र कक्षा ८ को पुस्तकको पेज ४९ को चित्रमा उल्लेखित संवादमा मारवाडी समाजलाई होच्याउने अपमानित गर्ने गाली बेइज्जती हुने गरी अपशब्द “माडे”, “नकचरो मोरा”को प्रयोग गरेको उल्लेख गरिएको छ । ज्ञापनपत्रमा उल्लेखित चित्रको विषयले झनै अत्यन्तै पीडादायक रूपमा सम्पूर्ण मारवाडी समाजलाई नै गहिरो चोट पुग्ने गरी चरित्रहिनताको आक्षेप लगाएकोले यसले जातीय स्वाभिमानमा ठूलो धक्का पुर्याएको भन्दै तत्काल कारवाही गर्न माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको ज्ञापन पत्रसँगै पुस्तकमा प्रयोग गरिएका शब्दको प्रमाण समेत पठाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.