२५ असार, काठमाडौं ।
नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच रहेको विवाद सहमतीमा टुङ्गिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति भएको हो । उनीहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित गरेका परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसअघि पाखरेलले श्रीमानबाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर प्रहरीमा उजुरी दिएकी थिइन् । पाखरेलले छवीसँग डिभोर्सको माग राखेको बताए पनि त्यो विषयमा उजुरीमा नभएकोले छलफलमा त्यस विषयले प्रवेश नपाएको उनको भनाई छ । दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्ब/स्दिनन् त्यो हेर्न बाँकी छ ।
नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । लामो समय बिबाहको कुरा लुकाएपनि गत वर्ष निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । शिल्पाले ‘लज्जा’ पछि छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।
शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । छविराजको तेस्रो श्रीमती रेखा थापा थिइन् ।









