प्रहरीसँगको झडपमा मृत्यु भएका सिंहको परिवारलाई सरकारले १० लाख दिने

प्रहरीसँगको झडपमा मृत्यु भएका सिंहको परिवारलाई सरकारले १० लाख दिने

२६ असार, काठमाडौँ ।
सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख र्आिर्थक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन् ।

मन्त्रीपरिषद्को निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो घटनामा घाइते भएकाहरुको उपचारको व्यवस्था पनि सरकारले गर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.