×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026

प्रदेश नं ७ मा प्रदेशसभा बैठकबारे चासो बढ्यो

१९ माघ २०७४

– सिद्धराज भट्ट

धनगढी, १९ माघ (रासस) ः राज्यको पुनःसंरचनापछि गठन भएको प्रदेशसभाको अब हुन लागेको पहिलो बैठकका काम कारबाही र गरिने निर्णयका बारेमा चासो बढ्न थालेको छ ।

Advertisement
Advertisement

प्रदेशसभाको बैठकका गतिविधिबारे सचेत नागरिकको चासो देखिएको स्थानीय लेखराज ओझाले बताउनुभयो । संविधान कार्यान्वयनका लागि प्रदेश बैठकका गतिविधि निकै महत्वपूर्ण हुने भएकाले बैठकप्रति चासो बढ्नु स्वभाविकै रहेको ओझा बताए ।

पहिलो पटक ७ नम्बर प्रदेशसभाको बैठक आह्वान भएसँगै अस्थायी मुकाम धनगढीमा यससम्बन्धी तयारी पनि अन्तिम चरणमा पुगेको छ । यसक्रममा बैठक स्थल जिल्ला समन्वय समितिको सभाकक्षलाई सिंगारिँदैछ भने सभामुख, उपसभामुख, मन्त्रालय रहने भवनको पनि पुनःनिर्माण एवं मर्मतको कार्य पनि अघि बढाइएको छ ।

प्रदेशसभाका सांसद बैठकमा सहभागी हुन धनगढी पुग्ने क्रम शुरु भएको छ । कतिपय सांसद पुगिसक्नुभएको छ भने अन्य कतिपय पुग्ने क्रममा हुनुहुन्छ । नेपालको इतिहासमा प्रदेशसभा नयाँ र पहिलो प्रयोग भएको अवस्थामा बैठकमा सहभागी हुने सांसदले खेल्नुपर्ने भूमिका पनि प्रदेशस्तरमा पहिलो प्रयोग हँुदैछ ।

“बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सिक्दै जाने हो, कैलाली निर्वाचन क्षेत्र नं ५ को ‘क’ बाट निर्वाचित एमालेका प्रदेश सांसद नेपालु चौधरीले भन्नुभयो, बैठकको अभ्यासको अनुभव नभएको कारणले यसका लागि पूर्व अभ्यास जरुरी छ ।” सांसद चौधरी अब आर्थिक समृद्धिका विषयलाई प्राथमिकीकरण गरेर अगाडि जानुको विकल्प नरहेको बताए ।

अछामबाट निर्वाचित प्रदेशसभा सांसद झपट बोहराले स्रोत पर्याप्त नहुनु र खर्चका पाटा धेरै हुनु ७ नम्बर प्रदेशको मुख्य चुनौती रहेको बताउनुहुन्छ । “यो प्रदेशलाई आर्थिकरुपमा स्वनिर्भरतामा परिणत गर्नु ठूलो चुनौती छ, अछाम जिल्लाबाट नेकपा (माओवादी केन्द्र)का निर्वाचित बोहराले भन्नुभयो– सबै कुराको सन्तुलन मिलाएर यो प्रदेशलाई समुन्नत बनाउने हाम्रो अठोट रहनेछ ।

नेकपा (एमाले)का प्रदेश सांसद पूर्णा जोशी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पार्टीले महिला सांसदलाई प्रशिक्षित गरेकाले त्यति समस्या नहुने बताउनुहुन्छ । “७ नम्बरको प्रमुख समस्या गरिबी, अभाव, बेरोजगारी, परनिर्भरता नै हुन्, प्रदेशसभाको सम्भावित सभामुखका रुपमा चर्चामा रहनुभएका सांसद जोशीले थप्नुभयो– प्रमुख समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानको पहल गर्दै संविधानले खोजेको समाजवाद निर्माण अभियानमा लाग्नेछौँ ।”

बादी समुदायबाट एक्लो सांसद बन्न सफल नेपाली काँग्रेसकी उमा बादी संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुहुन्छ । बादी समुदाय र नेपाल सरकारबीच विसं २०६४ मा बादी समुदायको हकहितका लागि भएको सहमतिलाई कार्यान्वयन गर्ने मुद्दाका साथै ७ नम्बर प्रदेशको समग्र विकासका लागि आफ्नो प्रयास रहेको बताउँदै उहाँले भन्नुभयो, “सत्तापक्षले गर्ने कमीकमजोरीलाई सच्याई सही मार्गमा डो¥याउने भूमिका निर्वाह गर्न नै प्रतिपक्षको व्यवस्था भएको हो ।”

प्रदेशसभाको बैठक शुरु भएसँगै पहिलो चरणमा बैठकद्वारा प्रदेश सभामुख, उपसभामुख, मुख्यमन्त्री, र मन्त्री चयन गर्नेलगायतका प्रक्रिया अघि बढ्ने बताइएको छ ।

सहजीकरण टोली आइपुग्यो

प्रदेशसभाको बैठकलाई व्यवस्थितरुपमा सञ्चालन गर्नेलगायतको कामका लागि संघीय संसद् सचिवालयको चार सदस्यीय टोली धनगढी आइपुगेको छ ।

सचिवालयका सहसचिव मुरारी महतको नेतृत्वको टोलीमा उपसचिव झलकप्रसाद सापकोटा, शाखा अधिकृत जगदीश न्यौपाने र प्राविधिक सहायक श्रीधर गेलाल छ ।

टोलीले प्रदेश प्रमुख मोहनराज मल्ल र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतसँग सभा सञ्चालन र बैठक कक्षको तयारीका विषयमा छलफल गरेको सहसचिव महतले जानकारी दिए।

सुरक्षा व्यवस्थापन

बैठक कक्षमा ३० जना प्रहरीलाई मर्यादापालकका रुपमा राख्ने व्यवस्था गर्न लागिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । यसका लागि मर्यादापालकलाई तालीम दिने काम भइरहेको छ । बैठकस्थल बाहिर प्रहरीले सुरक्षा गर्ने गरी व्यवस्थापन गरिएको छ ।

बैठक अघि सर्वदलीय बैठक

प्रदेशसभाको बैठक यही माघ २१ गते दिउँसो १ बजे बस्न लागेको छ । यस अघि आज सर्वदलीय बैठक गर्न लागिएको छ । बैठकले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेको बताइएको छ ।

प्रदेशसभामा दलहरुको प्रतिनिधित्व

प्रदेश नं ७ को प्रदेशसभामा जम्मा ५३ सांसदमध्ये एमालेका तर्फबाट २५, नेकपा (माओवादी केन्द्र)का तर्फबाट १४, नेपाली काँग्रेसका तर्फबाट १२ तथा राष्ट्रिय जनता पार्टीबाट दुईजना सांसद रहेका छन् ।

यो प्रदेशमा सबैभन्दा बढी एमालेको प्रत्यक्षतर्फ १७, समानुपातिकबाट आठ सांसद निर्वाचित भएका छन् । यस्तै, प्रत्यक्षतर्फ माओवादी केन्द्रले १० र समानुपातिकतर्फ चार, नेपाली काँग्रेसको प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ आठ सांसद निर्वाचित भएका छन् । यसैगरी राष्ट्रिय जनता पार्टीको प्रत्यक्ष र समानुपातिकमा क्रमशः एक÷एकजना निर्वाचित भएका छन् ।

समुदायको प्रतिनिधित्व

प्रदेश नं सातका ५३ सदस्यमध्ये ३५ जना खस आर्य समुदायका, आठजना थारु समुदायका, छजना दलित समुदायबाट प्रतिनिधित्व रहेको छ । दलित समुदायबाट प्रत्यक्षमा निर्वाचन जित्ने कञ्चनपुरबाट मानबहादुर सुनार एक्ला सांसद छ । जनजातिबाट प्रदेशसभामा जम्मा दुईजना एमालेका गेल्वुसिंह बोहरा, दार्चुला र कञ्चनपुरका तारालामा तामाङ निर्वाचित हुनुहुन्छ ।

महिला सांसदको प्रतिनिधित्व

प्रदेशसभामा महिलाको सांसदको संख्या १८ छ । बझाङबाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित देवकी मल्ल थापा प्रदेशसभामा एकमात्र प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । १७ जना भने समानुपातिक कोटामा सांसद बन्नुभएको हो ।

सेती र महाकाली अञ्चलका नौवटा जिल्ला रहेको ७ नम्बर प्रदेशको क्षेत्रफल १९ हजार ५३९ वर्ग किमी रहेको छ । यो नेपालको क्षेत्रफलको करिब १३ प्रतिशत हो । पछिल्लो जनगणनाअनुसार २५ लाख ५२ हजार ७१४ जनसंख्या रहेको यो प्रदेशमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेतीजस्ता आयोजना विकासका उच्च सम्भावना बोकेका विकास आयोजना हुन् । अपि, साइपाल, खप्तड जस्ता हिमाली क्षेत्र, मध्य पहाडको महाभारत पर्वत शृंखलामा रहेका दुर्लभ जडीबुटी, वन पैदावार पनि विकास सम्भावना भएका क्षेत्र हुन् ।

धनगढी, भीमदत्तनगर (महेन्द्रनगर), दीपायल, डडेल्धुरा, टीकापुर, साँफेबगर, अत्तरिया, लम्की, बेलौरी यस क्षेत्रका मुख्य व्यापारिक केन्द्र हुन् । धान, गहुँ, जौ, मकै र तेलहन बाली मुख्यरुपमा उत्पादन हुने यो क्षेत्रमा बाहुन, क्षेत्री, ठकुरी, थारु, दलितलगायतका जातजातिको बाहुल्यता रहेको छ ।
–––

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top