वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन

१९ साउन ७६, आइतबार
Share this
756shares

साउन १९, भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ ।

Advertisement

७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताए । निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो ।

पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनासाथ निधन भएको वडा सदस्य सुवेदीले बताए । अध्यक्ष पाण्डे केही समय अघिदेखि नै निमोनियाका कारण बिरामी पर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top