×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ग्लोबल टी–२० को डेब्यूमा सोमपाल विकेटविहीन

१९ श्रावण २०७६

साउन १९, एजेन्सी । ग्लोबल टी–२० को डेब्यू खेलमा नेपाली बलर सोमपाल कामी विकेटविहीन बनेका छन् ।

इडमन्टन रोयल्स विरुद्धको खेलमा दुई ओभर बलिङ गरेको सोमपालको स्पेल निकै महंगो बन्यो । १० औं ओभरमा बलिङ गरेका सोमपालले १५ रन दिए । उनले एउटा छक्का खाएका थिए भने तीनवटा बल वाइड फाले ।

Advertisement
Advertisement

त्यसपछि १६ औं ओभरमा सोमपाल १८ रन खान पुगे । यो ओभरमा उनले दुई छक्का र एक चौका खाए । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विन्निपेग हक्सले २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।  विन्निपेगका लागि शैमान अनवरले ३५ बलमा ६२ रन बनाए भने जेपी डुमिनीले ४८ रन जोडे ।

त्यस्तै क्रिश लिनले ३३ न बनाए । सोमपाल कामीले पाँच बल खेलेर अविजित एक रन लिए । बलिङतर्फ शदाब खानले तीन विकेट लिँदा बेन कटिङले दुई विकेट हात पारे ।

१९६ रनको लक्ष्य इडमन्टन रोयल्सले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अन्शुमन रठले उत्कृष्ट इनिङ खेले ।

Advertisement

५० बल सामना गरेको रठले नौ चौका र चार छक्का प्रहार गरेका थिए । मोहम्म्द हफिजले पनि ३० बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५५ रन बनाए ।  जेम्स निशमले अविजित २८ रन बनाए भने नभनित धलिवालले १९ रन जोडे ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top