×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

प्रदेश नं. १ प्रदेशसभाको ऐतिहासिक पहिलो बैठक सम्पन्न

Advertisement

किशोर विश्वकर्मा
विराटनगर, माघ २२
प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित र सभामुखको निर्वाचन मिति पारित गर्दै प्रदेश नं. १ को ऐतिहासिक प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार प्रदेशसभाका विभिन्न समितिहरु गठन तथा प्रदेशसभाको नियमित कामकारवाही अगाडी बढाउन प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित , सभामुखको निर्वाचन मिति घोषणा र प्रदेश सचिव धु्रवप्रसाद घिमिरेलाई प्रदेशसभाको वैठक सञ्चालनका लागि सहजीकरण गर्ने अख्तियारि प्रदान गर्दै प्रदेश नं. १ को ऐतिहासिक प्रदेशसभाको पहिलो बैठक सोमबार सम्पन्न भएको हो ।
राष्ट्रगान र शहिदहरुको सम्झानामा एक मिनेट मौन धारणा गर्दै जेयष्ठ सदस्य ओमप्रकास सरावगीले प्रदेशसभाको बैठक सुरु गरेका थिए । प्रदेशसभाको वैठकमा विभिन्न दल र स्वतन्त्रबाट विजयी ७ जना प्रदेशसभा सदस्यहरु ले सम्बोधन गरेका छन् ।
वैठकमा नेकपा एमालेका प्रदेशसभा सदस्य भिमप्रसाद आचार्यले सम्बाधन गर्दै संविधान कार्यान्वयनका निम्ती सम्पुर्ण प्रदेशसभा सदस्यहरु प्रदेशसभाको पहिलो बैठकमा उपस्थित रहेको बताए ।
नेकपा एमालेका सचिव, नेपाल सरकारका पूर्वमन्त्री र आफुलाई १ नं. प्रदेशको भावि मुख्यमन्त्री दावीसमेत गर्दैै आएका आचार्यले १ नं. प्रदेश सम्पूर्ण हिसाबले साधन श्रोत सम्पन्न भएकाले पक्ष विपक्ष भन्दा पनि प्रदेशको सम्मृद्धि र विकासका लागि सवै एक जुट हुनुपर्नेमा जोड दिए ।
उनले प्रदेशमा हिमाल, पहाड र तराई रहेकाले प्राकृतिक साधन श्रोत प्रयाप्त मात्रामा भएपनि विकासमा पछि परिएकाले सत्ता पक्षी र विपक्षी नभनिकन विकास र सम्मृद्धिका लागि भने एकजुट हुनुपर्ने औँल्याए ।
उनले अब बन्ने प्रदेश सरकार पछि हुने सत्ता पक्ष र प्रतिपक्ष विच स्वस्थ प्रतिस्पर्धा देश, वनता र राष्ट्रका लागि हुनुपर्नेमा जोड दिए । १ नं. प्रदेशमा नेकपा एमालेको बहुमत रहेकाले अब बन्ने सरकारको प्रमुख एजेण्डा पुर्वाधार विकास हुने बताए ।
आचार्यले कृषिको विकास गरि कृषकलाई धनी बनाउन प्रदेश सरकारले कृषि उत्पादन बृद्धिका लागि योजना ल्याउने बताए । उनले ८ हजार मिटर भन्दा अग्ला ८ वटा हिमालहरु मध्ये ४ वटा १ नं. प्रदेशमै रहेको एवम् धार्मिक तथा पर्यटकिय स्थालहरुको सुन्दरता सदुपयोग गरेर अधिक मात्रामा पर्यटक भित्रयाई प्रयाप्त रोजगारि प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्न सकिने बताए ।
१ नं. प्रदेश औधोगिक क्षेत्रसमेत रहेकाले उद्योगको प्रोत्साहनका गर्नुपर्ने समेत उनले बताए । नेपाली कांग्रेस सांसद चन्द्रप्साद श्रेष्ठले १ नं. प्रदेशमा साधन श्रोत प्रयाप्त भएकाले उच्चतम सदुपयोग गरि नेपालकै उत्कृष्ट प्रदेश बनाउनुपर्नेमा जोड दिए ।
वैठकमा माओवादी केन्द्रका सांसद इन्द्रबहादुर आङबो, संघिय समाजवादी फोरमका तर्फबाट जयराम यादव, राप्रपाका सांसद इन्दीरा राई संघिय लिम्बुवान राष्ट्रिय मञ्चका तर्फबाट विष्णु तुम्बाहाम्फे र स्वतन्त्र सांसद नारायण बुर्जामगरले सम्बोधन गरेका थिए ।
प्रदेशसभाको पहिलो बैठकमा विभिन्न दलका नेता, स्थानिय तहका जनप्रतिनिधी, प्रतिनिधिसभाका सदस्यलगायतको उपस्थीति रहेको थियो । प्रदेशसभाको अर्को बैठक आगमि माघ २९ गते सोमबार बस्ने प्रदेश सचिवालयले जनाएको छ ।

भर्खरको समाचार

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

सम्बन्धित खबरहरु

Scroll to Top