पेचिलो बन्दै प्रदेश खर्च, दुई बर्षमा ३२ अर्ब १९ करोड

२२ माघ ७४, मंगलबार

प्रदेश सरकार गठन प्रक्रिया अघि बढेसँगै त्यसको खर्च व्यवस्थापन र स्रोतको विषय पेचिलो बनेको छ।

Advertisement

चालु आवको बजेटले प्रदेशका लागि वित्तीय हस्तान्तरणको व्यवस्था गरे पनि दीर्घकालमा प्रदेश आफ्नै आम्दानीमा उभिनुपर्ने बाध्यता छ।

अर्थशास्त्री केशव आचार्य पनि प्रदेश सरकार आफ्नै खर्चमा चल्नुपर्ने तर्क गर्छन्। उनी भन्छन्, ‘खर्च व्यवस्थापन गर्न नसके मुलुक धराशयी हुन्छ।’

Advertisement

संघले दिने अनुदान सरकार चलाउनका लागि नभएको अर्थशास्त्री आचार्यको तर्क छ। उनले भने, ‘साधारण खर्च प्रदेश आफैंले व्यवस्थापन गर्नुपर्छ। पुँजीगत खर्चका लागि केही वर्ष संघको भर पर्न सकिन्छ। विस्तारै प्रदेश आफ्नो खुट्टामा उभिन सक्नुपर्छ।’

प्रदेशले स्थानीय स्रोत-साधन उपयोग गरेर आवश्यक स्रोत व्यवस्थापन गर्नुपर्छ। चालु आवको बजेटमा प्रदेशका लागि दुई खर्ब ३२ अर्ब १९ करोड बजेट व्यवस्थापन गरिएको छ।

Advertisement

उक्त रकममध्ये दुई खर्ब २७ अर्ब ७७ करोड सरकारका तर्फबाट हो भने दुई अर्ब आठ करोड वैदेशिक अनुदान दुई अर्ब ३३ करोड वैदेशिक ऋणबाट व्यहोर्ने घोषणा बजेटले गरेको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top