नेपाली अदुवामा भारतीय अवरोध तीन सातापछि हट्यो

२२ माघ ७४, मंगलबार

काँकडभिट्टाः नेपाली अदुवा निर्यातमा भएको भारतीय अवरोध सोमवार साँझदेखि हटेको छ । नेपाली पक्षको पटक पटकको आग्रहपछि भारतले अदुवा निकासीमा तीन सातादेखि गर्दै आएको अवरोध तत्कालका लागि हटाएकोे हो ।

भारतले नेपाली अदुवामा लगाएको अघोषित प्रतिवन्ध हटाएपछि अदुवा लोड भएका मालवाहक ट्रक भारतको पानीट्याङ्की भन्सारमा जाँचपासको प्रक्रियामा छिरेका छन् । अदुवा लोड भएका २६ वटा ट्रक आवश्यक जाँचपासको प्रक्रिया पूरा गरेर भारततर्फ गएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भारतीय पक्षले यो सिजनमा अदुवामा अवरोध नगर्ने आश्वासन दिएको बताए । नेपाली उत्पादनको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतले तीन सातादेखि अदुवा निकासीमा अवरोध गरेपछि ५० ट्रक अदुवा मेची भन्सार परिसरमा अलपत्र परेको थियो । १० दिनसम्म अवरोध नहटेपछि व्यवसायीले अदुवा गोदाममा फर्काएका थिए ।

अदुवा अम्लिसो, अलैँची चिया लगायतका कृषिजन्य उत्पादनमा पटक–पटक भारतले अवरोध गर्दै आएपछि व्यवसायी तथा किसानले आफूहरु मारमा परेको बताउँदै आएका छन् । कृषिजन्य उत्पादनको निर्यात व्यापार सहजीकरणका लागि सरकारको गम्भीरता आवश्यक भएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्रकुमार खड्का बताउँछन् ।

भन्सार एजेन्ट श्याम सुब्बाका अनुसार भन्सारले अदुवा निकासीका लागि भारतीय आयातकर्तालाई अनिवार्य ‘बैंक ग्यारेन्टी’ को व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार सबै आयातकर्ताले अनिवार्य दुई लाख रुपैयाँ वैंक ग्यारेन्टी राख्नुपर्छ । विगतमा १० हजार बैंक ग्यारेन्टी राख्दा भारतीय आयातकर्ताले छुट पाउँदै आएका थिए ।

मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा पूर्वीनाका काँकडभिट्टा हुँदै करिब ११ करोड ५६ लाख मूल्य बराबरको पाँच हजार ८४ मेट्रिक टन अदुवा भारत निकासी भएको छ । अघिल्लो वर्ष २५ करोड रुपैयाँ बराबरको अदुवा भारत निकासी भएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top