राजसंस्था पुर्नस्थापनाको बहसः नेताहरुको आक्रामक अभिब्यक्ति, जनता भ्रममा

साउन २६, काठमाडौं । नेपालबाट राजसंस्था विधिवत रुपमा बिदा भएको ११ वर्ष पूरा भइसकेको छ ।

संविधानसभाबाट जारी भएको संविधान नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मर्मअनुसार तयार भएको छ ।

तर, सत्तारुढ दलका शीर्ष नेतृत्वबाटै पछिल्ला दिनमा राजसंस्थाको सल्बलाहट बढेको त्रासरुपी आक्रोश सार्वजनिक भइरहँदा विपक्षी कांग्रेसले पनि सत्तारुढसँग यसबारे जवाफ मागिरहेको छ ।

Advertisement

प्रभावशाली राजनीतिक दलका शीर्ष नेताहरु विदेश भ्रमणमा निस्कनु नेपालीहरुका लागि अनौठो विषय होइन ।

प्रधानमन्त्री केपी ओली उपचारका नाममा अहिले पनि सिंगापुरमै छन् भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो शनिबार मात्र युएईबाट फर्किएका छन् ।

Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार मात्र थाइल्यण्ड गएका छन् । जब राजनीतिक नेतृत्वको विदेशयात्रा बाक्लिन्छ, तब नेपाली राजनीतिमा पनि केही न केही नयाँ पाक्दैछ भन्ने चर्चा हुने गर्छ ।

तर, यस पटकको नेताहरु भ्रमण अघि पछि पनि राजतन्त्रको चर्चा खुबै भएको छ ।

युएइबाट नेपाल फर्किएपछि पुगेका सबै सार्वजनिक कार्यक्रमका मञ्च नेकपा अध्यक्ष दाहालले पूर्वराजपरिवारलाई गाली गर्न खर्चिएका छन् ।

कतै ज्ञानेन्द्रलाई नागार्जुनबाट हटाउने त कतै इतिहासको कुनामा पुगेका विषय फर्कन नसक्ने अभिव्यक्ति दाहालले दिँदै आएका छन् ।

दुई तिहाइ बहुमत प्राप्त दलका शीर्ष नेताले किन यस्ता अभिव्यक्ति दिइरहेका छन् ।

त्यति मात्र होइन, यही बीचमा प्रधानमन्त्री ओलीले २०१७ साल दोहोर्‍याउन खोजिएको अभिव्यक्ति पनि दिएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखेर नागर्जुन दरबार पुगेर पूर्व राजा शाहसँग भेटेको चर्चा पनि भयो । यद्यपी पोखरेलले आफ्नो त्यस्तो भेट नभएको प्रष्ट्याएका छन् ।

जे होस्, यसबीचमा राजसंस्थाको विषयमा राजनीतिक बजार तातैकै छ ।

सत्तारुढ दलका नेताहरुबाटै राजसंस्थाको विषयमा त्रासपूर्ण अभिव्यक्ति आउन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले पनि सार्वजनिक रुपमा नै सत्तारुढ दलसँग यसबारे जवाफ मागिरहेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजसंस्थाको विषयमा चर्चा चलाएर सरकार छलछाम मात्र गर्न खोजिरहेको छ की परिवर्तन साँच्चै जोखिममा भए त्यसको रक्षाका लागि के गर्दैछ प्रष्ट हुनुपर्ने बताएका छन् ।

राजसंस्थाको बिदाईदेखि नै एकथरी मानिसहरु यसको पुर्नस्थापनाको लबिङमा लागिरहेकै थिए ।

तर, उनीहरुको सक्रियता त्यति चर्चामा थिएन । परिवर्तनका मुख्य बहाक शक्तिहरुबाटै यस खालका अभिव्यक्ति आउनुले ‘हावा नचली पात हल्लियो होला र ?’
यो समाचार ईमेज खबरका सरोज अधिकारीले लेखेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top