आज अन्तिम सोमबार शिवालयहरुमा भक्तजनको घुइँचो

साउन २७, विराटनगर । आज साउन महिनाको चौथो तथा अन्तिम सोमबार । देशभरका शिवालयका साथै विराटनगर नगरक्षेत्रका मन्दिरहहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

विराटनगरको बासुकीनाथ धाम, बनसखण्डी, मण्ठा पोखरी र विराटेश्वर मन्दिर लगायतका शिवालयहरुमा भक्तजन र दर्शनार्थीहरुको भीड लागेको छ ।

Advertisement

काठमाडौंको पशुपतिनाथ, नवलपरासीको त्रिवेणी तथा देवघाट र झापाको अर्जुनधारामा समेत दर्शनार्थीहरुको बिहानैदेखि भीड लागेको छ । प्रदेश १ कै प्रमुख धार्मिक पर्यटकीयस्थल सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि भक्तजनहरुको घुइँचो लागेको छ ।

Advertisement

गेरुबस्त्र लगाएर सुनसरीको चतराबाट १६ किलोमिटर पैदलयात्रा गरेर सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा चढाउनेकोे बिहानैदेखि भीड लागेको छ । पहेंलो बस्त्र अर्थात् गेरुबस्त्र धारण गरी सप्तकोशी नदीको जल ल्याएर पिण्डेश्वर बाबाको मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ ।

साउन महिनाभर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पूरा हुने विश्वासका कारण यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउँलगायत भारतको बिहार, पश्चिम बंगाल, दार्जिलिङ, खर्साङ, सिक्किमलगायतका स्थानबाट समेत भक्तजनहरु आउने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top