सप्तकोशी नदीले बगाएर ११ बर्षीय बालकको मृत्यु

Share this
644shares

३१ साउन, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ का शिवराज राईका ११ बर्षीय छोरा मेदिम राईको सप्तकोशी नदीले बगाएर मृत्यु भएको छ ।

Advertisement

शुक्रबार दिउँसो मेदिमसहित ५ जना नदीमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा बालकलाई नदीले बगाएको थियो । घटनास्थल देखि करिव ८ सय मिटर तल नदीले बालकलाई बगाउदै गरेको देखि सो स्थानमा माछा मार्ने ब्यक्तिहरुले उद्धार गर्दा बालकको मृत्यु भईसकेको जनाईएको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top