३१ साउन, विराटनगर ।
मोरङ प्रहरीले अवैध यौन क्रियाकलापमा संलग्न भएको आशंकामा विराटनगरबाट ४ दर्जन बढीलाई नियन्त्रणमा लिएको छ । दिउँसो नगरक्षेत्रका विभिन्न होटल तथा लजहरुमा छापा मारेर प्रहरीले युवायुवतीहरुलाई नियन्त्रणमा लिएको हो ।
नगरक्षेत्रका होटल तथा लजहरुमा यौन क्रियाकलाप हुनेगरेको सूचनाको आधारमा छापा मारेको प्रहरीले २७ जना महिला र २९ जना पुरूष गरी ५६ जना नियन्त्रणमा लिएको बताएको छ ।
नगरक्षेत्रमा रहेका विभिन्न अस्पतालका आसपासमा रहेका होटल तथा लजहरुमा छापा मारेर शंकास्पद अवस्थामा भेटिएकाहरुलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिए ।