दुई महिनामै चार बलात्कारका घटना, अधिकांश आफन्त तथा चिनेजानेकाबाट

३१ साउन ७६, शनिबार

३२ साउन,खोटाङ ।

जिल्ला प्रहरी कार्यालय खोटाङमा २ महिनाको अवधिमै चार वटा बलात्कारको घटनासम्बन्धी उजुरी परेको छ ।गत असार १ गतेदेखि शनिबार साउन ३२ गतेसम्ममा हाडनाता करणी, जबर्जस्ती बलात्कार तथा बलात्कार उद्योगका घटनासम्बन्धी चार उजुरी परेको हो ।

प्रहरीमा परेको उजुरीअनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका २० वर्षीय उपेन्द्र राईमाथि साउन २८ गते राति १५ वर्षीया किशोरीलाई जबर्जस्ती बलात्कार गरेको आरोप छ ।

Advertisement

राति १०ः३० बजे स्थानीय पञ्चकन्या प्राविमा लगेर राईले पीडित किशोरीलाई जबर्जस्ती बलात्कार गरेर अचेत अवस्थामा छाडेको उजुरीमा उल्लेख छ ।किशोरी राति अबेरसम्म घर नआएपछि खोजी गर्दा बलात्कृत भएर अचेत अवस्थामा फेला पारिएको र सोही राति प्रहरीमा उजुरी दिइएको पीडित पक्षले बताएका छन् ।

पीडित पक्षले दिएको उजुरीको आधारमा राईलाई साउन २९ गते बिहान गाउँमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।घटनाको भोलिपल्टै पक्राउ परेका राईविरुद्ध पक्राउ परेकै दिन जबर्जस्तीकरणी महल अन्तर्गत मुद्दा दर्ता गरेर शुक्रबार जिल्ला अदालत हाजिर गराएर सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोद खेरवारले बताए ।

Advertisement

बलात्कृत किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको आफन्तले बताएका छन् । घटनास्थलबाट उद्धार गरेर स्वास्थ्य संस्था पु¥याइएकी किशोरीलाई उपचारपछि घर फर्काइएको आफन्तले बताएका छन् ।

किशोरीलाई जबर्जस्ती बलात्कार गरेपछि फरार बनेका पीडक राईलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

यस्तै, साउन १३ गते राति मादक पदार्थ सेवन गरेर १७ वर्षीय किशोरले सुस्त मनस्थिति भएकी ६३ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी परेको छ ।पीडितको उजुरीपछि भोलिपल्टै पक्राउ परेका किशोर पनि अहिले प्रहरी हिरासतमै रहेका छन् ।

यस्तै, स्थानीय १९ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गर्न खोजेको आरोपमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ३८ वर्षीय फकिर भनिने सुवर्ण राई साउन–१६ गते पक्राउ परेका छन् ।

आरोपित राईले साउन १३ गते बेलुका युवतीलाई बाटो छेकेर बलात्कार गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।

आरोपित सुवर्णलाई जबर्जस्ती करणी उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको तीन दिनपछि गाउँबाटै पक्राउ परेका सुवर्णलाई पनि अहिले प्रहरी हिरासतमा राखेर कारबाही शुरु गरिएको छ ।

गत असार ३१ गते दिउँसो नाताले भतिजी पर्ने १४ वर्षीया बालिकालाई ४८ वर्षीय पुरुषले जबर्जस्ती करण गरेको उजुरी प्रहरीमा परेको थियो । पीडितको उजुरीको आधारमा यही साउन २ गते पक्राउ परेका पुरुषविरुद्ध हाडनाता करणी महलअन्तरगत मुद्दा दर्ता गरेर साउन २१ गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्लामा भएका अधिकांश बलात्कारको घटना आफन्त तथा चिनेजानेकै व्यक्तिबाट हुने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

‘अधिकांश बलात्कारका घटना आफन्तले ललाइफकाई तथा प्रलोभनमा पारेर गरेको देखिएको छ’, उनले भने, ‘पीडित र पीडक दुवै आफन्त भएपछि गाउँमा नमिलेका घटना मात्र प्रहरीमा आउने गरेको पाइएको छ ।’

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा भएका मानवाधिकार उल्लङ्घनका घटनामध्ये सबैभन्दा बढी जबर्जस्ती बलात्कार तथा बलात्कार उद्योगसम्बन्धी घटना हुने गरेकोे पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले सार्वजनिक गरेको मानवाधिकार उल्लङ्घनका घटनासम्बन्धी प्रतिवेदनमा यस्तो तथ्याङ्क देखिएको हो ।नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२० को पूर्व अर्धवार्षिक समीक्षामा गत पुस १५ देखि अहिलेसम्मका प्रतिनिधि घटनामा नौ वटा बलात्कार तथा नौवटै बलात्कार प्रयासको घटना भएको इन्सेक प्रतिनिधि रामधन राईले बताए ।

इन्सेकको अभिलेखअनुसार बलात्कारको घटनामा बालिका सबैभन्दा बढी पीडित देखिएका छन् ।यसैबीच ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका हलेसी तुवाचुङ नगरपालिका–७ राजापानीका ५१ वर्षीय हंशराज राई ११ वर्षपछि पक्राउ परेका छन् ।

नरबहादुर रायमाझीको जाहेरीले वादी र नेपाल सरकार प्रतिवादी नीरबहादुर राईसमेत भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका राईलाई शुक्रबार पक्राउ गरिएको हो ।

घटनालगत्तै फरार रहेका राईविरुद्ध जिल्ला अदालत खोटाङले विसं २०६७ असार २८ गते १० वर्ष कैदको फैसला गरेको थियो ।अदालतको फैसलापछि पक्राउ परेका राईलाई आजै अदालतमा हाजिर गराएर कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रनाउ गौतमले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top