३२ साउन, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका विदेश बिभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एक जुट हुन आह्वान गरेका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले देश विकासको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताएका हुन् ।
सानो—ठूलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पूर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए । कहिले काँही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूला ठूला काम बन्न सक्ने बिश्वास ब्यक्त गरे ।
पूर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुशन्धान र तयारी बिना आएको भन्दै चिन्ता पनि ब्यक्त गरे । बोल्ने क्रममा कुन काम हतारमा आएको भन्ने स्पष्ट नभने पनि काठमाडौँको बिकाश निर्माण समयमा सम्पन्न गर्न र धुलो हिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनु पर्ने बताए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले सथानीय जनताले आफुले गर्न सक्ने काम पनि सरकार औला र गरिदेला भनेर नकुर्न आग्रह गरे ।