३२ साउन, विराटनगर ।
मोरंग व्यापार संघले दश हजार बोट विरुवा वृक्षारोपण गर्ने अभियानको शुभारम्भ गरेको छ । पर्यावरण प्रबद्र्धनका लागि वृक्षारोपणको आवश्यकतालाई महशूस गरी सुरु गरिएको अभियान अन्तर्गत शुक्रबार सूर्यदल गण, थलाह व्यारेक, कटहरीमा एक हजार फलफूल तथा अन्य बोट विरुवाहरु वृक्षारोपण गरिएको छ ।
मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको अध्यक्षतामा आयोजित वृक्षारोपण कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

वृक्षारोपण कार्यक्रमको सहयोगीको रुपमा एशियन थाई फुड्स प्रा.लि. रहेको थियो । साथै सुर्यदल गण, थलाह व्यारेकका प्रमुख सेनानी रघुनाथ पौडेल, गणका अधिकृतहरु लगायत नेपाली सेनाहरुले उक्त वृक्षारोपण कार्यक्रमको व्यवस्थापनमा विशेष सहयोग पु¥याएका थियो ।
कार्यक्रममा संघका अध्यक्ष मुन्दडाले उद्योग व्यवसायको प्रबद्र्धनका क्रियाकलापहरुमा सक्रिय रहनुका साथै वातावरण एवं पर्यावरण संरक्षण गर्नु पनि सबैको दायित्व रहेको बताए ।
कार्यक्रममा संघका अध्यक्षले वृक्षारोपण कार्यक्रम आयोजना गर्नुका साथै रोपिएका बोट विरुवाहरुको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । वृक्षारोपण गरिएका बोट विरुवाहरुको संरक्षण र प्रबद्र्धनकालागि उक्त गणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा संघले आफ्नो प्रथम चरणको वृक्षारोपण कार्यक्रम सुर्यदल गणबाटै शुरु गरेको पनि मुन्दडाले बताए ।

कार्यक्रममा एशियन थाई फुड्स प्रा.लि.का प्रबन्ध निर्देशक महेशकुमार जाजूले यस किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि आफू लगायत आफ्नो संस्थाले पूर्ण सहयोग गर्ने बताउँदै संघको प्रथम चरणको वृक्षारोपण कार्यक्रममा आफ्नो संस्थाको तर्फबाट ३ सय फलफूलका विरुवाहरु हस्तारन्तरण गरेको जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्कीले मोरंग व्यापार संघले थालनी गरेको यो अभियान अत्यन्त प्रशंसनीय रहेको र आफू अत्यन्त हर्षित भएको बताउँदै आगामी दिनमा यस किसिमका कार्यक्रमहरुमा आफ्नो मन्त्रालय सदैव मोरंग व्यापार संघसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराएका थिए ।
उक्त वृक्षारोपण कार्यक्रममा विभिन्न सरकारी तथा गैह« सरकारी संघ–संस्था प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।