×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

काठमाडौं विश्वविद्यालयको ताला अझै खुलेन

१ भाद्र २०७६

१ भदौ, काभ्रे । काठमाडौं विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेको एघारौं दिन पुगेको छ । तर, ताला खुलाउन पहल नगरी उपकुलपति रामकण्ठ माकाजु नेतृत्वको टोली आइतबार दक्षिण कोरिया भ्रमणमा जाँदैछ ।

माकाजुसँगै डा. विष्णुप्रसाद पाण्डे, डा. संगीता शाक्य र सुनन्दा शर्मा कोरिया जान लागेका हुन् । यसैगरी डा. दीपकप्रसाद सुवेदी, डा. विराजमान कर्माचार्य, शैलेन्द्र कुमार झा, सरोजप्रसाद श्रेष्ठ, बिजेन्द्र श्रेष्ठ र डेजिना श्रेष्ठ भने शनिबार नै कोरिया गइसकेका छन् । माकाजुसहितको टोली भदौ ५ गते र सुवेदीसहितको टोली भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Advertisement

उनीहरुको विदेश भ्रमण विश्वविद्यालयको कार्यकारी परिषदले अनुमोदन गरेको थियो । परिषदको निर्णयअनुसार उत्तम बुढाथोकीले २ जूनदेखि १२ जूनसम्म भारतको भ्रमण गरेका थिए ।

तालाबन्दी खुलाउन पहल नगरी विदेश भ्रमणमा व्यस्त भएको भन्दै आन्दोलनरत कर्मचारीहरुले विरोध गरेका छन् । विश्वविद्यालयका एक कर्मचारीले भने, ‘ठूलो कार्यक्रम पनि होइन, केही विश्वविद्यालयको अवलोकन गर्नेमात्र हो, तर पनि तालाबन्दी खुलाउन पहल नगरी केही विभागीय प्रमुखहरुसहित विदेश यात्रामा जाँदै हुनुहुन्छ ।’

विश्वविद्यालयले आफूहरुसँग बिभिन्न समयमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै आन्दोलनरत प्राध्यापक तथा कर्मचारीहरुले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले परीक्षामा पनि सहभागी नहुने निर्णय गरेपछि काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई नै गार्ड राखेर अन्डर ग्राजुयट लेभलको फाइनल परीक्षा लिएको थियो ।

आन्दोलनरत प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरुको छिटो छानविन गर्नुपर्ने, विश्वविद्यालयमा कार्यकारी परिषदमा रिक्त शिक्षक प्रतिनिधिमा प्राध्यापकहरुले सिफारिस गरेको व्यक्ति नियुक्त गर्नुपर्नेलगायतका माग राखेका छन् ।

आफूहरुको मागबारे उपकुलपतिबाहेक अरुसँग वार्ता नगर्ने अडान उनीहरुले राखेका छन् । सहकुलपतिसमेत रहेका शिक्षामन्त्रीको सचिवालयले पनि विश्वविद्यालयमा लाग्दै आएको तालाबन्दी खुलाउन उपकुलपति माकाजुलाई निर्देशन दिएको थियो । तर, ताला नखुलाई विदेश भ्रमणमा हिँडेपछि विश्वविद्यालय खुल्ने अझै अनिश्चित भएको छ ।

Advertisement

यसअघि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला अनुमतिविना क्यानडा जान लागेको भन्दै सरकारले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट फर्काएको थियो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top