१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्माले राजसंस्था उल्टाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दे उनले राजसंस्थाको वकालत गर्नेहरुको सडकमा चलखेल बढेको भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिएका हुन् ।
प्रतिगमनकारीहरुले सरकार अधिनायवाद तर्फ गयो भन्दै जनतामा अविश्वास, निरासा र भ्रम फैलाउने काम गरेको उल्लेख गर्दै उनले लोकतन्त्र रक्षाका लागि सरकार नै मैदानमा उत्रने बताए ।
उनले ती शक्तिहरु जिउदै हुदा तीनलाई आफूहरुले ठेगान लगाएको बताए । उनले राजसंस्थावादीहरुलाई नहौसिन पनि चेतावनी दिए । केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न पनि उनले सबैलाई सचेत गराए ।
ठूला ठूला चुनौतिको सामाना गरेर आएको पृष्टभूमि वर्तमान सरकारको रहेको भन्दै उनले राजसंस्था उल्टाउँछु भनेर सडकमा नआउन चेतावनी दिए । उनले सरकारको लोकतान्त्रिक अभ्यास र निष्ठामाथि अनावश्यक भ्रम फैलाउने प्रयास भएको टिप्पणी गरे । लोकतान्त्रिक विधिबाट जनताको अभिमत र विश्वासबाट वर्तमान सरकार बनेकाले जनताको हित विपरित कुनै पनि त्रुटी नगर्ने प्रतिवद्धता जनाए ।
उनले जनताको निरासा र तात्कालिन भल छोपेर सरकार गठन नभएको तर्फ पनि सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले एक साता भित्र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्त गर्ने प्रतिवद्धता पनि जनाए ।