१ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले संसदसंग गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको बताएका हुन् । बजेट कार्यान्वयन सरकारले संसदसंग गरेको कार्यसम्पादन भएको भन्दै उनले त्यो पूरा हुन नसकेकाले प्रधानमन्त्री शासन संञ्चालनको परीक्षामा असफल भएको तर्क गरे ।
एक बर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउदै उनले अहिले भने आधार बर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराए ।
लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दाबी गर्दे उनले एक पल्टको लडाईले जीवनभरी जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधन मा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपन नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दे सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने बताए ।
सांसद रिजालले नियमावलि अनुसार प्रश्नोत्तरको समय उपलब्ध नगराईएकोमा व्यंग्यात्मक शैलीमा सभामुखको पनि ध्यानाकर्षण गराए ।