होन्डुरसमा फुटवल समर्थकबीच झडप, तीनजनाको मृत्यु

१ भदौ ७६, आइतबार
Share this
711shares

भदौ, एजेन्सी।

होन्डुरसको राजधानी टिगुसिगाल्पामा शनिबार फुटबल म्याचअघि समर्थकबीच दोहोरो झडप हुँदा तीन जनाको ज्यान गएको

Advertisement

मोटागुवा ओलिम्पियाबीचको म्याच हुनुभन्दा केही समय अघि समर्थहरुबीच झडप हुँदा थप १० जना घाइते भएका छन्  शनिबार साँझ मोटागुवाको टिमबसमा एक समूहले ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो खेलाडी चढेको बसमा ढुंगा हान्दा बसका सिसा फुटेर तीन जना खेलाडी समेत घाइते भए

त्यसपछि दुई टिमका समर्थकबीच रंगशाला अगाडि झडप भयो खेल स्थगित गरियो बाहिर झडप सुरु भएपछि पदाधिकारीहरुले खेल स्थगित गरेका थिए

Advertisement

तीन जनाको मृत्यु भयो भने केहीमाथि गोली प्रहार गरिएको थियो केही व्यक्तिमाथि छुरा समेत हानिएको थियो तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालका प्रवक्ताले बताएका छन्

झडप हुँदा १० हजारभन्दा बढी समर्थक त्यहाँ उपथित रहेको बताइएको झडप नियन्त्रणका लागि प्रहरीले अश्रु ग्याँस प्रयोग गर्नुपरेको थियो मोटागुवा क्लबले आक्रमणपछि घाइते खेलाडी क्षतिग्रस्त बसको फोटो राखेर ट्वीट गरेको

Advertisement

घटनामा इमिलियो इजागुयरे, रोबर्टो मोरेरा जोनाथन रुगियर नाम गरेका खेलाडी घाइते भएका थिए ओलिम्पिया फुटबल क्लबका समर्थकमाथि कडा कारबाही हुनुपर्ने मोटागुवा क्लबको माग 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top