कोशी अस्पतालमा आए नयाँ मेसु

१ भदौ ७६, आइतबार

भदौ १, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा सरुवा भएर आएका नयाँ मेडिकल सपरिटेन्डेनले पदभार सम्हालेका छन् ।

Advertisement

डाक्टर गुणराज लोहनीले आइतबारदेखि पदभार सम्हालेका हुन् । पदभार ग्रहण गर्दे लोहनीले संघीय, स्थानीय र प्रदेश सरकार तिनवटै तहसँग मिलेर अस्पतालको विकासमा लाग्ने बताए ।

अहिले अस्पतालमा भएका समस्याहरु बुझ्ने काम भैरहेको भन्दै समस्यालाई समाधान गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे । डाक्टर लोहनी यसभन्दा अघि स्वास्थ्य विभागमा महानिर्देशकको जिम्मेवारीमा थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top