चन्द्रयान–२ आज राति चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने

Share this
724shares

२० भदौ, एजेन्सी ।
भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान–२ मा पठाएको ल्यान्डर ‘विक्रम’ आज राति चन्द्रमाको दक्षिणी ध्रुवनजिक अवतरण गर्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ।

Advertisement

चन्द्रयानलाई दक्षिणी ध्रुवमा सफल अवतरण गराउन सकेमा यसो गर्ने भारत पहिलो देश बन्नेछ। अहिलेसम्म कुनै पनि देशले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्ना कुनै पनि अन्तरिक्ष यान अवतरण गराएका छैनन्। रसियाले भने त्यहाँ आफ्नो अन्तरिक्ष यान अवतरण गराउने योजनामा छ।

चन्द्रयान–२ को ल्यान्डर (चन्द्रयानबाट चन्द्रमाको सतहमा उत्रने) विक्रम भारतीय समयअनुसार आज राति डेढ बजेदेखि अढाइ बजेबीच चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने छ।

Advertisement

विक्रम अवतरण गरेपछि विक्रममा रहेको रोभर ‘प्रज्ञान’ भोलि बिहान साढे ५ देखि साढे ६ बजेबीच चन्द्रमाको सतहमा उत्रनेछ। तर ‘ल्यान्डर’ यान विक्रम १२ डिग्रीभन्दा भिरालो चन्द्र सतहमा अवतरण गरेमा भने विक्रम पल्टिन सक्ने जोखिम पनि छ।

प्रज्ञानले चन्द्रमाको सतहमा सक्रिय भएपछि एक लुनर डे (चन्द्रमाको दिन) मै कैयौं परीक्षण गर्नेछ। पृथ्वीको १४ दिन बराबर एक चन्द्र दिन हुन्छ। उता ‘अर्बिटर’ (आफ्नो कक्षमा घुम्ने) चन्द्रयान–२ भने एक वर्षसम्म चन्द्रमाको वरिपरि परिक्रमा गरिरहनेछ।

Advertisement

चन्द्र सतहमा चन्द्रयान–२ अवतरण गरेको प्रत्यक्ष हेर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय अन्तरिक्ष एजेन्सी इसरोको प्रधान कार्यालयमा शुक्रबार राति उपस्थित हुनेछन्।

मोदीसँगै भारतभरिबाट ‘स्पेस क्विज’ जितेका ७० जना बालबालिका आफ्ना आमाबुवासहित इसरोमा हुनेछन्। भारतभन्दा पहिले अमेरिका, रसिया र चीनले मात्र चन्द्र सतहमा आफ्ना अन्तरिक्ष यान उतारेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top