ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो, नेयमार चम्किए

ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो, नेयमार चम्किए

२१ भदौ, एजेन्सी ।

स्टार फरवार्ड नेयमारले झन्डै चार महिनापछि पुनरागमन गर्दा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियासँग बराबरीको नतिजा निकालेको छ । शुक्रबार राति भएको खेलमा नेइमारको गोलको सहयोगमा ब्राजिलले कोलम्बियालाई २–२ को बराबरीमा रोकेको हो ।

हार्ड रक स्टेडियम मियामी गार्डेन्समा खेलको १९औं मिनेटमा नेयमारको कर्नरबाट आएको पासमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, ब्राजिलको त्यो अग्रता लामो समय टिकेन ।

२५ औँ मिनेटमा लुइस मुरिएलले कोलम्बियाका लागि बराबरी गोल फर्काए । उनले नै ३४ औँ मिनेटमा गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा २–१ को अग्रता लियो ।

पछि परेको ब्राजिलका लागि ५८ औँ मिनेटमा नेइमारले बराबरी गोल गरे । यानी अल्भेसको पासमा उनले गोल गरेका हुन् । क्लब र राष्ट्रिय टिमबाट नेइमारले गरेको यो मे यताको पहिलो गोल हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.