२३ भदौ, काठमाडौँ ।
नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री याङ यी सोमबार बिहान चन्द्रागिरी पुगेका छन् ।
चिनियाँ प्रतिनिधि मण्डल र परराष्ट्र मन्त्रालयका केही अधिकारीसहित चिनियाँ मन्त्री वाङ केबलकार चढेर चन्द्रागिरी गएका हुन् ।
चन्द्रागिरी जानुको उद्देश्य मात्रै घुम्नु रहेको चन्द्रागिरी हिल्सका सञ्चालक चन्द्र ढकालले जानकारी दिएका छन् ।