२३ भदौ, विराटनगर ।
इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले चाडपर्व (दसैँ, तिहार र छट) अफर ल्याएको छ ।
कम्पनीले ल्याएको अफरमा वल्डलिंकको ग्राहक बन्दा वा सेवा नविकरण गर्दा सहभागी हुन पाइने कम्पनीका बिराटनगर शाखा प्रमुख प्रेमप्रसाद घिमिरेले बताए ।
घिमिरेका अनुसार आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने अफरमा सहभागी हुन इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्नुका साथै सोहीशुल्कमा नेट टिभी जडान गर्न पाइनेछ ।
दसैँमा इन्टरनेट साथै नेट टिभी र टिभी सेटअफर अन्तरगत ग्राहकहरुले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेज २५ हजार नौसय ९० रुपैयाँमा प्राप्त गर्ने छन् ।
घिमिरेका अनुसार २५ हजार नौ सय ९० रुपैयाँ तिरेपछि सिजी कम्पनीको ३२ इन्चको एलईडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइनेछ ।
वल्र्डलिंकको २५ एमबिपीएस, ४० एमबिपीएस र ६० एमबिपीएसको सेवा एकमहिना, तीन महिना, ६ महिना र एक वर्षका लागि लिँदा अफर प्राप्त गर्न सकिने घिमिरेले बताए ।
त्यसैगरी, ११ हप्तासम्म वल्र्डलिंकको नयाँ थपिएका ग्राहक र सेवा नविकरणगरेका ग्राहकबाट लक्की ड्र मार्फत एक सय जनालाई ४३ इन्चको सिजी कम्पनीकै एलईडी टिभी बम्पर उपहार प्रदान गरिने घिमिरेको भनाइ छ ।
त्यस्तै, प्रत्येक ग्राहकलाई खल्ती डिजिटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिने घिमिरेले बताए ।
नेपालकै अग्रणी इन्टरनेट प्रदायक संस्था वल्र्ड लिंक कम्युनिकेशन लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न समयमा अफरहरु ल्याउने गरेको शाखा प्रमुख घिमिरेको भनाइ छ ।
इन्टरनेट सेवा सञ्चालन गर्न चाहने ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै किस्ताबन्दीमा समेत इन्टरनेट सेवा प्रदान गरिएको घिमिरेले बताए ।