मन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

२३ भदौ ७६, सोमबार

२३ भदौ, काठमाडौं ।

Advertisement

कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल सोमवार अस्पतालबाट डिस्चार्ज भएका छन्। डेंगुको संक्रमण देखिएपछि टोखास्थित ग्रान्डी अस्पतालमा ५ दिन उपचार गरी मन्त्री खनाल आज डिस्चार्ज भएका हुन्।

सामान्य ज्वरो आएपछि मन्त्री खनाल १८ गते पुल्चोकस्थित निदान अस्पतालमा जाँच गराउन पुगेका थिए।

Advertisement

त्यहाँ रगत जाँच गर्ने क्रममा डेंगुको संक्रमण देखिएकाले सोही दिन साँझै ग्रान्डी अस्पतालमा भर्ना भएका थिए। उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो।

मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीका अनुसार उनी निको भइसके पनि अझै केही दिन आराम गर्न स्वास्थ्यकर्मीहरुले सुझाएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top