२४ भदौ, काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ। नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ ।
नेपालले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । अन्जनले झन्डै २५ यार्ड टाढाबाट सुजलले प्रहार गरेको फ्रिकिकमा गोल गरेका थिए । घरेलु मैदानमा पछाडी परेको ताइपेइले लगातार आक्रमण बुनेपानी नेपाली डिफेन्सले राम्रो प्रदर्शन गरे ।
प्रशिक्षक कालिनले कुवेतविरुद्ध खेलबाट तीन खेलाडी परिवर्तन गरेका थिए । गोलकर्ता अन्जनसँगै डिफेन्समा रजिन धिमाल र दिनेश राजवंशी टोलीमा फर्केका थिए