एटिएम ह्याकिङ प्रकरणः फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र

एटिएम ह्याकिङ प्रकरणः फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र

२५ भदौ, काठमाडौं । दुई साताअघि नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ ।

सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र सफ्टवेरका कमी–कमजोरी पत्ता लगाउनु थियो ।

यसअघि भएका कमी कमजोरी पत्ता लगाई आमामी दिनमा हुन सक्ने सम्भावित आक्रमणबाट बच्न सुझाव दिन आएको चार सदस्यीय टोली सोमबार सिंगापुर फर्किएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । यो समाचार आजको नागरिक दैनिकमा जिपी भण्डारीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.