×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२०७९ सालभित्र सबै नेपालीको घरमा बिजुली

२९ भाद्र २०७६

२९ भदौ, काठमाडौँ ।

देशलाई लोडसेडिङमुक्त गराएको नेपाल विद्युत प्राधिकरणले अब देशैभर बिजुली पुर्याउने र खपत बढाउने योजना बनाएको छ ।

Advertisement
Advertisement

प्राधिकरणमा कार्यभार सम्हालेको ३ वर्ष पूरा भएको अवसरमा आइतबार भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्ष अर्थात २०७९ सालभित्र सबै नेपालीको घरमा बिजुली पुर्याउने दावी गरे ।

केन्द्रीय प्रशारणको बिजुली पुर्याउन नसक्ने ठाउँमा उर्जाका अरु उपकरणमार्फत पनि बिजुली या सोलार पुर्याइने उनले जानकारी दिए । त्यस्तै विद्युत खपत बढाउन गाडीको चार्जिङ स्टेशनलाई व्यापक बनाउने र प्रोत्साहन दिने साथै सबैजसो घरायसी काममा विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने पनि कार्यकारी निर्देशक घिसिङले बताए ।

यस्तै उर्जा दक्षता भएका लिड चिम,पंखा,क्यापासिटर बैंक,पानी तान्ने मोटर लगायतका उपकरणको प्रयोग बढाइने पनि घिसिङले जानकारी दिए । यस्तै संस्थागत सुशासनलाई कठोरताका साथ लागू गर्ने,भ्रष्टाचार नियन्त्रणमा शुन्य सहनशीलता अपनाउने, प्राधिकरणका सबै कामलाई पारदर्शी बनाउने पनि प्राधिकरणको अबको योजना छ ।

३ वर्ष अघि आजैका दिन कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङले झन्डै ९ अर्ब नोक्सानीमा रहेको प्राधिकरणलाई अहिले ७ अर्ब २० करोड नाफामा लगेको जानकारी दिए ।

Advertisement

त्यस्तै ३ वर्ष अघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणको सञ्चित नोक्सानी अहिले १५ अर्ब २२ करोडमा झारिएको र ३ वर्ष अघि ३५ अर्ब ७ करोड रुपैयाँ वार्षिक आम्दानी रहेकोमा अहिले वार्षिक ७३ अर्ब ८६ करोड पुर्याइएको पनि घिसिङले बताए ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top