३० भदौ, पाल्पा । हृदयघातका कारण छोरा गुमेपछि पाल्पाका एक बृद्धले आत्महत्या गरेका छन् ।
पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १० हेक्लाङ्गका ६५ वर्षीय भिमराज तिमिल्सीनाले घर नजिकैको लिचीको रुखमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनका छोरा कृष्णप्रसाद तिमिल्सीनाको शनिबार राती हृदयघातका कारण निधन भएको थियो । कृष्णप्रसाद पाल्पा तान्सेनस्थीत सूर्योदय टेलिभिजनका अध्यक्ष थिए । पुत्र वियोगका कारण बुवाले समेत आत्महत्या गरेपछि गाउँ शोकमा डुबेको छ ।