पुनः ह्याकरको निशानामा पर्यो बैंक

८ असोज, काठमाडौं ।

कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रारम्भिक जानकारी अनुसार सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक भएको हो । एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए।

उनका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए। कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति झण्डै २ करोड रुपैयाँ लुटिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top