सांसदको तलबभन्दा भत्ता धेरै

११ असोज ७६, शनिबार
Share this
659shares

काठमाडौं : संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ ।

Advertisement

संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खातामा ३५ करोड ४६ लाख १७ हजार ८२३ रुपैयाँ पुगेको छ, जुन सांसदको एक वर्षमा पाएको तलबभन्दा धेरै हो ।

यो हिसाबअनुसार औषतमा एक जना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८८१ रुपैँयाँ भत्ता बुझ्छन् । जबकी उनीहरुको वर्षदिनको औषत तलबका लागि ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । यो हिसावले सांसदले एक महिनामै औसत ९६ हजार ५७३ रुपैयाँ भत्ता बुझ्छन् । ,यो समाचार कान्तिपुर दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top