हरियो तरकारीको मूल्य २० दिनमै २८९ प्रतिशत वढ्यो

१० असोज ७६, शनिबार

काठमाडौं : चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म बृद्धि भएको छ। ,याे समाचारआजकाे कान्तिपुर दैनिकमा छ ।

व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको काराण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका छन्। समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाको कारण हरियो सागमा क्षति पुगेर महंगो भएको बताए।

तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ। भदौ गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खोर्सानीको मूल्य असोज १० मा २ सय ८९ प्रतिशत बढेर होलसेलमै एक सय ७५ रुपैयाँ पुगेको छ।

Advertisement

त्यसैगरी प्रतिकेजी ३० को तने बोडी ९८ रुपैयाँ, ५५ को रायोको साग १४५, मकै बोडी ३८ बाट बढेर ९८, तिते करेला ३३ बाट बढेर ८५, घिउ सिमी ४० बाट बढेर ९५, भन्टा ३५ बाट बढेर ७८, हरियो प्याज ५५ बाट बढेर ११५, हरियो खोर्सानी ७८ बाट बढेर १३५, घिरौँला ३३ बाट बढेर ५८, प्याज सुकेको ५९ बाट बढेर ९४, रातो आलु ४१ बाट बढेर ६२ रुपैयाँ प्रति किलो पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top