इंग्ल्यान्डको यु–१९ टोलीमा अस्मिता आलेमगर समेटिन्

इंग्ल्यान्डको यु–१९ टोलीमा अस्मिता आलेमगर समेटिन्

१६ असोज, एजेन्सी ।
अस्मिता आलेमगर इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएकी छन् ।

नेपाली मुलकी अस्मिता युइएफए वुमन्स यु–१९ च्याम्पियनसिपको छनोटको पहिलो चरणको लागि टोलीमा पर्न सफल भएकी हुन् । अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको छ

इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्यान्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछिन्। पहिलो चरणको छनोट खेल सुरु भइसकेको छ ।

साइप्रसविरुद्ध ८–० को फराकिलो जित निकालेको खेलमा अस्मिता बेञ्चमै रहिन् ।  पहिलो चरणको छनोटमा युरोपका ४८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ ।

इंग्ल्यान्ड समूह ‘के’ मा रहेको छ । छनोटका खेलहरु २ देखि ८ अक्टोवरसम्म बेलारुमा आयोजना भइरहेको छ । हरेक समूहका शीर्ष दुई टोली र उत्कृष्ट हुने तेस्रोका चार टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ । दोस्रो राउन्ड नोभेम्वरमा हुनेछ ।

यसबाट छनोट हुने टोलीले जर्जियामा जुलाई २०२० मा हुने युइएर्फ वुमन्स यु–२० मा सहभागिताको अवसर पाउनेछ । बेलायती पूर्व सेनाकी छोरी अस्मिता लामो समयदेखि नै इंग्ल्यान्डमा रहँदै आएकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.