वान डे सिरिज पाकिस्तानको पोल्टामा

१५ असोज ७६, बिहीबार

१६ असोज, एजेन्सी ।
श्रीलंकालाई ५ विकेटले पाराजित गर्दै घरेलु टोली पाकिस्तानले तीन वान डे सिरिज जितेको छ ।

बुधबार राती तेस्रो तथा अन्तिम खेलमा ५ विकेटले जितेसँगै पाकिस्तानले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।  २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

पाकिस्तानको जितमा ओपनर खकार जमानले ९१ बलमा ७ चौका र १ छक्का सहित ७६ रनको योगदान दिए । त्यस्तै आबिद अलीले ६७ बलमा १० चौका सहित ७४ रन जोड्दै म्यान अफ द म्याच चुनिए ।

Advertisement

त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज घोषित भएका बाबर आजमले ३१, कप्तान शरफराज अहमद २३,हरिस सोहेल ५६ र इफ्खितर अहमदले २८ रनको योगदान दिए ।

श्रीलंकाका लागि नुवान प्रदीपले २,लाहिरु कुमारा,वानिन्दु हरंरगा, शेहान जयसूर्याको नाममा समान १ विकेट रह्यो । त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।

Advertisement

श्रीलंकाका लागि ओपनर दनुष्का गुणतिलकले सर्वाधिक १ सय ३३ रनको योगदान दिएपनि टोलीको हार टर्न सकेन। ४५ औं ओभरको तेस्रो बलमा मोहम्मद आमिरले बोल्ड आउट गर्नु अघि दनुष्काले १ सय ३४ बलमा १६ चौका र १ छक्का प्रहार गरे । उनको यो ओडीआई करिअरको दोस्रो शतक हो ।

त्यस्तै विकेटकिपर मिनोद भनुका र कप्तान लाहिरु थिरिमानेले समान ३६ रन जोडे । एन्जिलो परेरा १३,अभिष्का फ्रर्नान्डो ४,शेहान जयसूर्या ३ रनमा आउट भए । तल्लोक्रममा दासुन शनाकाले २४ बलमा ५ चौका र २ छक्का सहित ४३ रनमा क्याच आउट भए ।

पाकिस्तानका लागि तीब्र गतिका बलर मोहम्मद आमिरले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । उस्मान शिनवारी,सादब खान,वहाब रियाज र मोहम्मद नवाजको नाममा समान १ विकेट रह्यो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top