किशोर प्रधान उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्ने दाउमा

१५ असोज ७६, बिहीबार

१६ असोज, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने प्रावधान महासंघको विधानबाट तत्काल हटाउन माग गरेका छन् । उपाध्यक्ष प्रधानले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क पनि अघि सारेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अध्यक्षतात्मक प्रणालीमा अघि बढेको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएकाले महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको भनाई थियो ।

Advertisement

महासंघका वस्तुगतसंघ तर्फका उपाध्यक्ष उमेशलाल प्रधानले पनि महासंघको विधान संशोधन गर्नुको विकल्प नरहेको बताए । उनले महासंघका वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने विधानमा रहेको प्रावधान महासंघका नेताहरु कसैलाई पनि मान्य नहुने दावी पनि गरे ।

महासंघका पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि महासंघको विधान संशोधन गर्न माग गरे । उनले नेपाल उद्योग वाणिज्य महासंघलाई मुलुकको आर्थिक क्षेत्रको रुपान्तरण गर्न सक्ने सशक्त र सवल बनाउन पनि महासंघको नेतृत्व प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्नु पर्नेपनि बताए ।

Advertisement

महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति बनाएको छ । सोही मस्यौदा समितिले बनाएको मस्यौदा आगामी कार्तिक २८ गते बस्ने महासंघको विशेष साधारण सभाले पारित गर्नेछ ।

महासंघका नेताहरुले विधानमा उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने प्रावधान हटाउन विधान मस्यौदा समितिलाई पनि दवाव दिन सुरु गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top