पियाजियोको भेस्पा र अप्रिलियाका स्कुटी विराटनगरमा (स्कुटी किन्दा अन्नपूर्णको यात्रा)

१५ असोज ७६, बिहीबार

१६ असोज, विराटनगर ।
विराटनगरमा पियाजियोको भेस्पा र अप्रिलियाको नयाँ शोरुम खुलेको छ ।

विराटनगरको मुनालपथस्थित धरान रोडमा रहेको नयाँ शोरुमको भेस्पा र अप्रिलिया टु ह्विलर्सको आधिकारिक विक्रेता एम भी दुगड अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रा.लिले विहीबार एक कार्यक्रम गरी उद्घाटन गरेको हो ।

सुपेरियर मोटर्स र सुपेरियर ग्रुपले सञ्चालनमा ल्याएको सो शोरुमको पन्चकन्या र भेस्पा÷ अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले उद्घाटन गरेका थिए । कार्यक्रममा महतोले दुवै व्राण्डका स्कुटरहरु भिन्न र फरक भएको बताउँदै यसको आक्रामक ढंगले बजार विस्तार भएको बताए ।

उनले आगामी ६ महिनामै थप नयाँ १० शहरमा आफ्नो शाखा तथा डिलरहरुको सञ्जाल विस्तार गर्ने योजना रहेको बताए । उनले सेल्स, सर्भिस र स्पेयर उपलब्ध गराउने पनि प्रतिवद्धता जनाए ।

कार्यक्रममा उक्त शोरुमबाट विक्री गरिएका ४१ वटा स्कुटरको चाबी ग्राहकहरुलाई हस्तान्तरण गरिएको थियो । सो कम्पनीले हाल नेपालभर २५ वटा शाखा तथा डिलरहरुमार्फत सेवा सञ्चालन गर्दै आईरहेको छ ।

भेस्पा र अप्रिलिया उच्चस्तरीय इटालियन टेक्नोलोजीमा निर्मित आकर्षक ग्राफिकमा इटालियनको उच्च प्रविधि र बनावटको दक्षता प्रस्तुत गर्ने कम्पनीको दावी छ ।

अप्रिलियाको न्युनतम मुल्य स्ट्रोम १२५ को मुल्य २ लाख २४ हजार ९ सय देखि एसआर १५० को २ लाख ९३ हजार ९ सय सम्म छ भने भेस्पाको नोटे १२५ को २ लाख ५९ हजार ९ सय ४६ देखि इलिगन्ेट १५० को ३ लाख ९५ हजार ९ सय ४६ छ ।

चाडपर्वको अवसरमा सो कम्पनीका स्कुटरहरुको खरिदमा स्क्रयाचमा ५ हजारदेखि रुपैयाँ देखि १ लाखसम्म छुटका तथा १५ हजारसम्मको एसोसरिजहरु पाइनुका साथै लक्की ड्र मार्फत हरेक हप्ता अन्नपूर्ण बेस क्याम्पसम्मको हलिकप्टर ट्रिपमा जान पाईने जनाईएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top