×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नवलपरासीको दाउन्नेमा दुई ट्रक ठोक्किए, पूर्व-पश्चिम राजमार्गको दुवैतर्फ लामो जाम

१७ आश्विन २०७६

१७ असोज, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा ट्रक ठोक्किएर पल्टिँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

विनय त्रिवेणी गाउँपालिका–२, दाउन्नेको विश्वकर्मा मन्दिर नजिक बिहीबार राति ९ बजे दुई वटा भारतीय ट्रक एक आपसमा ठोक्किँदा दुईतर्फी नै यातायात अवरुद्ध भएको थियो ।

Advertisement
Advertisement

जसका कारण अहिले पनि दाउन्ने क्षेत्रमा दुवैतर्फ झण्डै पाँच–पाँच किलोमिटर गाडीको लाम लागेको छ । यूपी ५३ सी टी ९३२६ र यूपी ५३ जेजे १२३९ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परेको एउटा ट्रकलाई सडकबाट हटाइए पनि २२ चक्के यूपी ५३ जेजे १२३९ नम्बरको ट्रक सडक छेउमै हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

अहिले एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ । तर सडकमा यातायातको चाप धेरै हुँदा दुवैतर्फ गाडीको लामो लाइन लागेको छ । एकतर्फी रुपमा गाडी सञ्चालनका लागि समेत दुर्घटनामा परेको ट्रकका कारण समस्या भएको छ ।

दुर्घटनामा परेको कोइला बोकेको २२ चक्के भारतीय ट्रक सडक छेउको नालामा खसेको छ । ट्रकलाई राति नै के्रनको सहायताले हटाउन खोजे पनि सफल भएन ।

अहिले थप के्रन मगाएर दुई वटा क्रेनले तान्ने योजना गरिएको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख अविनास अधिकारीले बताउनुभयो ।

Advertisement

चाडबाडको समयमा लामो जाममा पर्दा यात्रुहरुलाई समस्या भएको छ । सडकको जाम खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । यो समाचार उज्यालो अनलाईनबाट साभार गरिएको हो ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top