इराकमा भड्किएको प्रदर्शनकाक्रममा मारिनेको संख्या सय पुग्यो

१८ असोज ७६, आइतबार

१९ असोज, एजेन्सी । इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भड्किएको सरकारविरोधी प्रदर्शनकाक्रममा मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ ।

इराकी मानवअधिकार आयोगकाअनुसार शनिबारसम्ममा झन्डै चार हजार व्यक्ति घाइते भएका छन् । इराकी मानवअधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य सहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मीसमेत ९९ जनाको ज्यान गएको बताए ।

उनले आन्दोलनमा संलग्न झन्डै तीन हजार ९९१ जना घाइते भएको पनि जानकारी दिए । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् । बायाटीले हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताए ।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला सहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता विमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गरेका थिए । (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top