२० असोज, काठमाडौं ।
सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महराको बयान दशैँपछि मात्र सुरु हुने भएको छ ।
अहिले सरकारी वकिलको कार्यालयमा दशैँको बिदा रहेको र कार्यालय खुलेपछि मात्रै बयान महानगरीय प्रहरी परिसर,काठमाण्डौका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयको दशैँ बिदा २६ गतेसम्म छ । त्यस्तै पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा बिदा दिइएको छ ।
महराको बयान प्रहरी परिसर टेकुले नै लिने एसएसपी उत्तमराज सुवेदीले बताए। उनका अनुसार महराविरुद्ध जबरजस्ती करणी उद्योग र महिला हिंसामा मुद्दा चलाइनेछ ।
मुलुकी अपराध संहिता अनुसार यो आरोप पुष्टि भएमा उनलाई तीन वर्ष ६ महिना वा ५ वर्षसम्म कैद हुनेछ ।