साफ यू-१५ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान

साफ यू-१५ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान

२० असोज, काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यू-१५ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली सोमबार प्रस्थान गरेको छ । च्याम्प्यिनसिप असोज २२ गते देखि २८ गते सम्म सञ्चालन हुनेछ ।

सातदिनसम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ । नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज २२ गते भारतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ । फाइनल असोज २८ गते हुनेछ ।

नेपाली टोलीमा खेलाडीहरु पुष्पा गुरुङ, सविना चौधरी, अमिषा कार्की, प्रतिक्षा चौधरी, सुरक्षा सुखरिया, निकिता थोकर, सरु हमा, मनमाया दमाई,  अनु राई, देब्या मगर, मनिषा राउत, प्रिति राई, कुमारी तामाङ, सुनकला राई, लिला जोशी,  मन्जुकुमारी खड्का, ममता पुन, अष्मिता रानापाल, मन्दिरा राई, सुष्मा घर्तिमगर,  सावित्री किसन, पुजना थापा र सरा बज्राचार्य रहेका छन् ।

त्यस्तै टोलीको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायक प्रशिक्षक भगवती थापा, गोलकिपर प्रशिक्षक मिनबहादुर बस्नेत रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.