×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

नेपालविरुद्ध अष्ट्रेलिया आक्रामक रणनीतिमा मैदान उत्रने

२२ आश्विन २०७६

२२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ ।

खेलको पूर्वसन्ध्यामा बोल्दै अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालविरुद्ध आक्रामक रणनीतिमा धेरै गोल गर्ने बताएका छन् । नेपाल र अष्ट्रेलिया दुवैले छनोट अन्तर्गत एक-एक खेल जितेका छन् ।

Advertisement
Advertisement

नेपाल पहिलो खेलमा कुवेतविरुद्ध ७-० ले पराजित भएपनि दोस्रो खेलमा चाइनिज ताइपेइसँग २-० को जित दर्ता गर्न सफल रहेको थियो । अष्ट्रेलियाले खेलेको एकमात्र खेलमा कुवेतलाई ३-० ले पराजित गरेको छ ।

अष्ट्रेलियाको क्यानबेरास्थित जियो रंगशालामा हुने खेल बिहिबार नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपालको स्थितिबारे बोल्दै अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्डले नेपालबारे जानकार रहेको अभिव्यक्ति दिए । नेपाल र अष्ट्रेलियाले कुवेतविरुद्धको हासिल गरेको नतिजा हेर्दा कागजमा अष्ट्रेलिया निकै बलियो देखिन्छ ।

दुवै टोलीको स्तर हेर्दा नेपालले फराकिलो अन्तरको हार बेहोर्ने सम्भावना पनि छ । प्रशिक्षक आर्नोल्डले नेपालविरुद्ध सक्दो धेरै गोल गर्न तयार रहेको बताए ।

अष्ट्रेलियाको टोलीमा प्रिमियर लिग, बुन्डेस लिगा लगायत युरोपेली लिगका शीर्ष लिगमा खेल्ने खेलाडीहरु रहेका छन् । नेपालमा भने विदेशी लिग खेल्ने तीन खेलाडी छन् ।

Advertisement
Advertisement

स्तर, पुराना नतिजा र इतिहासको हिसाबमा पनि अष्ट्रेलिया नेपालभन्दा निकै बलियो टोली हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top