२५ असोज, काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सवै खेल संघ र खेलाडीहरुलाई उपस्थितिका लागि राष्ट्रिय खेलकुद परिषद्ले आव्हान गरेको छ।
सीको स्वागतमा त्रिपुरेश्वर–थापाथली सडक खण्डमा उपस्थित भएर चिनियाँ राष्ट्रपति जिनपिङको स्वागत गर्न परिषद्ले आग्रह गरेको राखेपका प्रचार प्रसार शाखा प्रमुख दुर्गा दुलालले जानकारी दिए।
उनले भने, राष्ट्रपति सीको स्वागतका लागि कर्मचारीलाई स्वेच्छाले उपस्थित हुन आग्रह गरिएको हो। त्यसमा खेलाडी पनि उपस्थित हुन सक्छन्। यो चाहीँ छिमेकी राष्ट्र प्रमुखको स्वागतमा खेलकुद क्षेत्रको दरिलो उपस्थिति देखाउनको लागि भनिएको हो।
राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबारनै सबै कर्मचारीलाई शनिवार साढे ३ बजे अफिसियल पोशाकमा राखेपमा उपस्थित हुन निर्देशन दिएको थियो।

