युरोकप छनौटः इटालीको प्रभावशाली जित

युरोकप छनौटः इटालीको प्रभावशाली जित

२९ असोज, एजेन्सी ।
इटालीले युरोकप छनौटमा लेचेस्टाइनमाथि प्रभावशाली जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा इटालीले घरेलु टोलीमाथि ५–० को प्रभावशाली जित निकालेको हो । पोर्चुगलमा अर्को हुने युरोकपमा स्थान पक्का गरिसकेको इटालीले छनौट चरणमा प्रभावशाली नतिजा निकालेको हो ।

अवे मैदानमा भएको खेलमा इटालीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा चार गोल गरेको हो । इटालीका लागि खेलको दोस्रो मिनेटमा नै फेदेरिको बर्नार्देस्कीले गोल गरे ।

यस्तै आन्द्रेआ बेलोतीले ७० र इन्जुरी समयको दोस्रो मिनेट गरी दुई गोल गरे । यस्तै एलेसिओ रोमाग्नोलीले ७७ तथा स्तेफान एल शरावीले ८२ औँ मिनेटमा गोल गरेपछि इटाली ५–० ले विजयी भयो । ८ खेलबाट २४ अंक जोडेको इटाली समूहको शीर्ष स्थानमा छ ।

उसले छनौट चरणमा हालसम्मका सबै खेल जितेको छ । समूहको पुछारमा रहेको लिचेस्टाइनको दुई अंक मात्रै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.