ठूलो भ्रष्टाचार मुद्दा छोडेर साना मुद्दामा अल्झँदै अख्तियार

३० असोज ७६, शुक्रबार

कात्तिक १, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ ।

पछिल्लो एक महिनाको तथ्यांक हेर्दा अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म विगो दाबी गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको देखिन्छ । अख्तियारले असोज महिनाभर १५ ओटा रंगेहात पक्राउ गरेको छ । जसमा प्रहरी, नापी विभागको सर्भेक्षक, इन्जिनियर, वन अधिकृत, शिक्षक पक्राउ परेका छन् ।

अख्तियारकै लय समाउँदै सरकार पनि भ्रष्टाचार नियन्त्रणका लागि निर्मम भएर लाग्नेभन्दा, शून्य सहनशीलताको भाषण गर्ने, कसम खान लगाउने, गीत गाउन लगाउनेजस्ता ‘कस्मेटिक’ परिवर्तनमा रमाइरहेको छ ।

पछिल्लो समय अख्तियारले ठूलो मुद्दामा चासो दिन छाड्नुले पनि भ्रष्टाचारी समाउने भन्दा पनि धेरै मुद्दाको रेकर्ड मात्रै तयार गर्ने काम भइरहेको विज्ञको भनाइ छ । असोज महिनामा अख्तियारले ८४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । जसमा ठूलो भनिएको भ्र्रष्टाचार मुद्दामा दुग्ध विकास संस्थानको ४६ लाख ७९ हजार बिगोसहित १० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top