आगलागीमा परी एकको मृत्यु

आगलागीमा परी एकको मृत्यु

१ कार्तिक, सुनसरी ।

सुनसरीको गढी गाउँपालिका–२ का ५२ बर्षीय थुवा भनिने भुमीसुधार माझीको आगलागीमा परी मृत्यु भएको छ ।

टाटीको बेरा, फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको शुक्रबार बिहान १ बजे आगलागी हुँदा जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

घटनास्थलमा थप अनुसन्धानको लागि ईलाका प्रहरी दुहवीबाट गएको प्रहरी टोलीले अनुसन्धान कार्य जारी राखेको प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.