×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै

२ कार्तिक २०७६

२ कात्तिक, काठमाडौँ ।
जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा गोदारले भनिन्, “बाबुको दुवै अण्डकोष अहिले बाहिर देखिन्छ, उपचार सफल भएकामा म खुशी छु ।”

भर्खरै जन्मिएकादेखि १६ वर्षमुनिका बच्चाका मुत्रासय, मलद्वार, आन्द्रा, जिब्रोको ट्युमर, आन्द्रामा रौँ छिरेको र नसामा हुने विभिन्न जटिल समस्याको उपचार सहज भने छैन । शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्नु चुनौतीपूर्ण हुन्छ । सन् २०१७ मा बङ्गलादेशको बङ्गबन्धु शेख मोजिम मेडिकल विश्वविद्यालयबाट बालरोग सर्जरीमा एमएस गरेका डा कोइरालाकामा हाल यस्ता बिरामी बच्चाको चाप देखिन्छ । उनी शिक्षण अस्पतालका साथै काठमाडौँ न्यूरो तथा जनरल अस्पताल र हेम्स अस्पतालमा समेत कन्सल्ट्यान्ट हुन् ।

Advertisement
Advertisement

उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा चिकित्सक टोली तम्तयार भए पनि जन्मजात छाति जोडिएका जुम्ल्याहा बच्चाको सुर्खेतबाट काठमाडौँ ल्याउँदा बाटोमै मृत्यु भएको छ महीनाअघिको एक घटना सम्झँदै डा कोइराला भन्छन् , “नेपालमा सुलभ मूल्यमै यस्तो उपचार हुनसक्छ भन्ने थाहा नपाएर अभिभावकले बच्चालाई अस्पताल नल्याउँदा ज्यान जोखिममा परेका घटना छन्, तर हामी उपचार गर्न सक्छौँ ।”

चिकित्सक डा कोइरालाकै नेतृत्वमा जन्मँदै मेरुदण्डको नसा फुटेका ओखलढुङ्गाका मेघबहादुर मगरका चार दिनका बालकको शल्यक्रिया सफल भएपछि अभिभावक दङ्ग छन् । ‘माइलोमेनिङ्गोसिल इन्फेक्सन’का कारण उत्पन्न यो समस्याको समाधान भएपछि अब बच्चालाई दूध खुवाउन र दिसापिसाब गराउन कुनै समस्या छैन ।

सुन्धारास्थित काठमाडौँ न्यूरो तथा जनरल अस्पतालमा उपचाररत १५ वर्षीया बालिकाको जन्मजात पिसाब चुहिने समस्या (इक्टोपिक युरेटर) को पनि सात दिनअघि शल्यक्रिया सफल भएको छ । सात दिनअघि ती बालिकाको पिसाबको नली काटेर पुनः व्यवस्थापन गरिएको थियो । सोही अस्पतालमा दोलखाका सोमी तामाङका २१ दिनका छोराको एउटा अण्डकोष ठूलो भएको (अब्स्ट्रक्टेड हर्निया) को शल्यक्रिया सफल भएको छ । यो बालकको जन्मँदै एउटा अण्डकोष ठूलो थियो । चिसोले होला भनेर अभिभाावकले बढी सेकेपछि निलो भएर दुख्ने समस्याले अस्पताल ल्याइएको थियो । ‘एनस्थेसिस्ट’ डा प्रदीप कोइरालाई ती बच्चालाई बेहोस बनाउन निकै गाह्रो भएको थियो । ढिलो ल्याएको भए बच्चालाई जोखिम हुन सक्थ्यो ।

Advertisement

केही समय पहिले दुर्घटनामा परी मलद्वारा थुनिएका सर्लाहीका १० वर्षीया अर्चनाकुमारीको पनि सफल शल्यक्रिया गरेका चिकित्सक कोइरालाले जन्मँदै आन्द्रा फुटेका चार बच्चाको शल्यक्रियाबारे विश्वका अन्य मुलुकका बाल सर्जनले पनि चासो दिएका छन् । डा कोइराला आउँदो अक्टोबार ३१ मा कतारको दोहामा हुने विश्व बाल सर्जन सम्मेलनमा उक्त विषयमा कार्यपत्र प्रस्तुतिको तयारीमा छन् । अर्चनालाई नेपालमा उपचार गराउनुअघि भारतको पिजिआइ अस्पताल, गङ्गाराम अस्पताललगायत पाँच अस्पतालमा लगिएको थियो । भारतमा करीब रु पाँच लाख खर्च गरेर नभएको उनको उपचार नेपालमा रु ७५ हजारमा सम्भव भएको थियो । प्रकाश सिलवाल/रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top